२८ पुस २०८२, सोमबार । January 13, 2026

सोमपाल र गुल्सनको चोटले नेपाललाई धक्का, नेदरल्यान्ड्सविरुद्धको खेल गुमाउने



काठमाडौं । स्कटल्यान्डमा जारी आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको चौथो शृंखलामा नेपालले दुःखद खबर सुन्नुपरेको छ।

अन्तिम खेलअघि टिमका दुई महत्वपूर्ण खेलाडी सोमपाल कामी र गुल्सन झा चोटग्रस्त भएका छन्। दाँया हातमा चोट लागेका सोमपाल र घुँडामा चोट बोकेका गुल्सनले अब नेदरल्यान्ड्ससँगको अन्तिम खेलमा मात्रै होइन, त्यसपछिको त्रिकोणात्मक सिरिजमा पनि सहभागी हुन नसक्ने नेपाली क्रिकेट बोर्डले जनाएको छ। हालसम्मको शृंखलामा नेपालले प्रभावशाली प्रदर्शन गरेको छ।

पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो। यद्यपि, तेस्रो खेलमा नेपाल २ रनले स्कटल्यान्डसँग पराजित भएको थियो। सोमपाल र गुल्सनको अनुपस्थितिमा टिमको संयोजनमा असर पर्ने देखिएको छ।

अब नेपालको जितको यात्रा कसरी अगाडि बढ्छ भन्ने कुरामा समर्थकहरूको ध्यान केन्द्रित हुनेछ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, मंगलबार  ३ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले