४ असार २०८३, बिहिबार । June 18, 2026

मनसुन ‘ब्रेक’ मा : पूर्वी एसियातिर फर्कियो कोशी प्रदेशको मनसुनी वायु


२७ जेष्ठ २०८२, मंगलबार  

198
Shares

काठमाडौं । नेपालमा यस वर्ष मनसुन सामान्य समयभन्दा १५ दिन अघि नै, जेठ १५ गते कोशी प्रदेशमा प्रवेश गरेको थियो।

तर आश्चर्यजनक रूपमा, मनसुनी प्रणाली त्यसै दिन पूर्वी एसियातिर फर्किएको मौसमविद्‌हरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार फिलिपिन्स आसपास बलियो न्यूनचापीय क्षेत्र विकसित भएपछि मनसुनी वायु कोशीबाट बाहिरिएर पूर्वी एसिया क्षेत्रतिर सरेको हो।

उनका अनुसार, यसकारण मनसुनले अन्य प्रदेशमा फैलिन पाएको छैन र हालको अवस्थामा केही दिनभित्र देशभर मनसुन फैलिने सम्भावना देखिँदैन।

मनसुनको आगमनपछि आएको बाढी र त्यसपछिको सुक्खा

मनसुन सुरु भएलगत्तै जेठ १७ गते पूर्वी नेपालमा भारी वर्षा भई बाढी आएको थियो। धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदी क्षेत्रमा लेउती खोलाले करिब १०० मिटर सडक बगाएको थियो। यस्तै, झापामा माइ खोलाको बाढीले २२ घर डुबाएको थियो। तर त्यसपछि भने वर्षा बन्द भएको छ।

पश्चिमी वायु सक्रिय, मनसुनको बाटो छेकिएको

हाल पश्चिम तथा मध्यक्षेत्रमा स्थानीय र पश्चिमी वायु सक्रिय छन्। मौसमविद् झाका अनुसार ती वायु प्रणाली बलियो भएकाले मनसुनको फैलावटमा अवरोध पुगेको हो। सामान्यतः नेपालमा बंगालको खाडीबाट जलवाष्प लिएर मनसुनी वायु प्रवेश गर्छ, तर यसपटक त्यो प्रणाली कमजोर रहेको छ।

यसरी मनसुन सुरु भएसँगै ब्रेक लाग्नु राम्रो संकेत मानिँदैन। मौसमविद्‌हरूका अनुसार यस्तो अवस्थाले कतै अत्यधिक वर्षा त कतै खडेरीको अवस्था निम्त्याउने सम्भावना रहन्छ।

फेरि बदलीको संकेत, विपद् जोखिम उच्च

यद्यपि मौसमविद् झाका अनुसार भोलिदेखि नेपालका केही भागमा फेरि बदली सुरु हुने सम्भावना छ। बंगालको खाडी र भारतको मध्य भूभागमा नयाँ न्यूनचापीय प्रणाली विकास भइरहेको छ, जसको असर नेपालमा देखिन सक्नेछ। यस वर्ष विभागले अत्यधिक वर्षा र उच्च तापक्रमको सम्भावना औंल्याइसकेको छ। त्यसअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रतिकार्य योजना लागू गरिसकेको छ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार करिब २० लाख मानिस प्रभावित हुने सम्भावना छ, जसमा करिब १० प्रतिशतलाई राहत तथा उद्धारको आवश्यकता पर्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  १ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा