२९ पुस २०८२, मंगलबार । January 13, 2026

अमेरिकामा उग्र बन्दै आप्रवासी विवादः प्रदर्शन रोक्न सेना तैनाथ



काठमाडौं । अमेरिकाको लस एन्जलस (एलए) अहिले चर्को राजनीतिक र सामाजिक तनावको घेरामा परेको छ।

प्रवासीमाथिको धरपकडविरुद्ध चर्किएको प्रदर्शन रोक्न स्थानीय प्रशासनले अब समुद्री सेना (Navy) नै सडकमा उतारेको छ। धारणा र अधिकारको यो द्वन्द्वले राज्य र संघीय सरकारलाई आमनेसामने ल्याएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सेना परिचालन भएपछि क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसम कडा रूपमा प्रस्तुत भएका छन्। उनले ट्रम्पविरुद्ध अधिकार क्षेत्र मिचिएको आरोप लगाउँदै मुद्दा दायर गरेका छन्।

सङ्घीय बनाम राज्य अधिकारको पुरानो बहस फेरि चर्किएको छ। यसबीच, मजदुर नेता डेभिड हेराल्डको गिरफ्तारी आन्दोलनको केन्द्रबिन्दु बनेको छ। उनलाई अदालतमा पेश गर्न लागिएको बेला उनका समर्थकहरू रिहाइको माग गर्दै सडकमा उत्रिएका छन्। अदालत आसपासको पार्कमा आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन्।

गभर्नर न्युसमले सुरक्षाकर्मीहरूलाई आफ्नै नागरिकमाथि बल प्रयोग नगर्न आग्रह गरेका छन्। “आफ्ना नागरिकमाथि हात नउठाए नायक बन्न सक्नुहुन्छ,” उनले सेनालाई अपिल गरेका छन्।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, मंगलबार  ९ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले