२९ पुस २०८२, मंगलबार । January 13, 2026

देशभर बदली र वर्षाको सम्भावना : जनजीवन प्रभावित हुन सक्ने, सतर्क रहन आग्रह



काठमाडौं । अहिले देशको पश्चिमी र मध्य भू–भागमा पश्चिमी र स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायु सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भू–भागमा मौसम मुख्यतः सफा देखिनेछ। कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, उच्च पहाडी र हिमाली भू–भागमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।

रातिको समय पनि उस्तै रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भागमा आंशिक बदली रहनेछ। यी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना यथावत् रहेको छ। साथै, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा पनि हल्का वर्षा र हिमपात हुन सक्नेछ।

मौसमको यो परिवर्तनले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पुर्‍याउने सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, मंगलबार  ९ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले