२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

तपाईंको सपना हाम्रो मार्गदर्शन – ‘वेद फर यु’


२६ जेष्ठ २०८२, सोमबार  

249
Shares

काठमाडौं । उच्च शिक्षा अध्ययनको लक्ष्य राखेका विद्यार्थीहरूलाई लक्षित गर्दै वेद अन्तर्राष्ट्रिय एजुकेसन कन्सल्टेन्सीले विशेष कार्यक्रम ‘वेद फर यु’ आयोजना गरेको छ।

कन्सल्टेन्सीको पुतलीसडकस्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा युके, अमेरिका, अस्ट्रेलिया, नेदरल्याण्ड लगायतका देशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले सहभागी भएर विशेषज्ञ काउन्सलरहरूबाट प्रत्यक्ष मार्गदर्शन प्राप्त गरे। कार्यक्रममा दुई सयभन्दा बढी विद्यार्थीहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ। सहभागीहरूलाई अध्ययन गन्तव्य र शैक्षिक प्रक्रियाबारे विस्तृत जानकारी दिनका लागि विभिन्न देशका अनुभवी काउन्सलरहरू उपस्थित थिए।

शैक्षिक परामर्शसँगै मनोरञ्जन
कार्यक्रमलाई थप आकर्षक बनाउन बिङ्गो गेमको आयोजना गरिएको थियो। बिङ्गो जित्ने सहभागीलाई बन्जी जम्पको निःशुल्क टिकट प्रदान गरियो भने अन्य विजेताहरूलाई जिपलाइनको टिकट दिइएको थियो। साथै, सहभागी सबै विद्यार्थीहरूलाई चलचित्र हेर्नको लागि फ्री टिकट समेत प्रदान गरिएको थियो।

विद्यार्थीको विश्वास जित्दै वेद
कार्यक्रममा सहभागी विद्यार्थी जनकराज थपलियाले वेद कन्सल्टेन्सीलाई आफ्नो पहिलो रोजाइमा राखेको बताए। ‘मेरो आफन्तहरू पनि वेदमार्फत अस्ट्रेलिया जानुभएको छ। म पनि त्यही अनुभव र विश्वासका आधारमा वेद रोजेको हुँ,’ उनले भने। त्यस्तै, अर्को विद्यार्थी असल कृष्ण दाहालले विभिन्न कन्सल्टेन्सीमा काउन्सिलिङ लिए पनि वेदजस्तो राम्रो अनुभव नपाएको बताए। ‘यहाँको काउन्सिलिङ व्यवस्थित र व्यक्तिगत समस्याअनुसार केन्द्रित हुन्छ,’ उनले भने।

अभिभावकको समेत रोजाइ
विद्यार्थी मात्र होइन, अभिभावकहरू समेत वेदको सेवालाई भरपर्दो मानेका छन्। कार्यक्रममा सहभागी भएकी फुलमाया विश्वकर्माले आफ्नो छोरालाई अमेरिका पठाउन वेदमार्फत प्रक्रिया सुरु गरेको बताइन्। ‘यहाँका परामर्शदाताले विस्तृत जानकारी दिएका छन्। नयाँ पुस्ताले एकपटक वेदमा आएर परामर्श लिनुपर्छ,’ उनको भनाइ थियो।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा वेद कन्सल्टेन्सीका प्रबन्ध निर्देशक आशिक कार्कीले खुशी व्यक्त गरे। ‘हामीले यसअघि ‘मास्टर्स युके’, ‘वेद फर युके’ जस्ता कार्यक्रम सञ्चालन गरेका थियौं। ती सफल भएपछि विद्यार्थीलाई थप सजिलो होस् भन्ने उद्देश्यले ‘वेद फर यु’ अभियान सञ्चालन गरिएको हो,’ उनले भने।

उनका अनुसार, वेदले २०१० देखि नै विद्यार्थीलाई युके, अमेरिका, अस्ट्रेलिया, नेदरल्याण्ड, क्यानडा र जापानजस्ता देशमा उच्च शिक्षा अध्ययनका लागि परामर्श सेवा दिँदै आएको छ। शिक्षा क्षेत्रमा लामो अनुभव बोकेको वेद कन्सल्टेन्सीले विद्यार्थी र अभिभावक दुबैको विश्वास जित्दै ‘वेद फर यु’ कार्यक्रमलाई प्रभावकारी रूपमा सम्पन्न गरेको छ।

विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्‍याउने उद्देश्यसहित वेदले आगामी दिनहरूमा अझ धेरै यस्ता कार्यक्रम ल्याउने बताएको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ११ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ