१ आश्विन २०८३, बिहिबार । September 18, 2026

आजको मौसमः पश्चिम र मध्य भागमा स्थानीय वायुको प्रभाव


२५ जेष्ठ २०८२, आइतबार  

159
Shares

काठमाडौं । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुले प्रभाव पारिरहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायु सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन गत जेठ १५ गते राति पूर्वी नेपाल हुँदै प्रवेश गरेपछि विशेषगरी कोशी प्रदेशमा यसको प्रभाव व्यापक रुपमा फैलिएको छ। त्यसैअनुसार, हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ भने बाँकी स्थानहरूमा मौसम मुख्यतः सफा रहेको देखिन्छ। आज दिउँसो कोशी र मधेस प्रदेशसहित पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती क्षेत्रका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना छ।

साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना पनि देखिएको छ। आज राति कोशी प्रदेश तथा देशका पहाडी भूभागहरूमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागमा चट्याङसहित हल्का वा मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, यी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपात पनि हुन सक्नेछ।

कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरूमा सम्भावित मध्यम वर्षाका कारण जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ९ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ