२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

आजको मौसमः पश्चिम र मध्य भागमा स्थानीय वायुको प्रभाव



काठमाडौं । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुले प्रभाव पारिरहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायु सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन गत जेठ १५ गते राति पूर्वी नेपाल हुँदै प्रवेश गरेपछि विशेषगरी कोशी प्रदेशमा यसको प्रभाव व्यापक रुपमा फैलिएको छ। त्यसैअनुसार, हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ भने बाँकी स्थानहरूमा मौसम मुख्यतः सफा रहेको देखिन्छ। आज दिउँसो कोशी र मधेस प्रदेशसहित पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती क्षेत्रका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना छ।

साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना पनि देखिएको छ। आज राति कोशी प्रदेश तथा देशका पहाडी भूभागहरूमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागमा चट्याङसहित हल्का वा मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, यी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपात पनि हुन सक्नेछ।

कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरूमा सम्भावित मध्यम वर्षाका कारण जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, आइतबार  ९ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको