२३ बैशाख २०८३, बुधबार । May 6, 2026

विश्वकप लिग–२ः स्कटल्याण्ड र नेदरल्याण्ड्स भिड्दै


२४ जेष्ठ २०८२, शुक्रबार  

99
Shares

काठमाडौं । आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा आयोजक स्कटल्याण्ड र नेदरल्याण्ड्स आमनेसामने हुँदैछन्।

यो प्रतिस्पर्धा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। दुवै टोली नेपालसँग पराजित हुँदै सिरिजको पहिलो खेलमा हार बेहोरेका छन् र आज जित निकाल्दै पुनरागमन गर्ने प्रयासमा छन्। नेपालले स्कटल्याण्डलाई पहिलो खेलमा रोमाञ्चक एक विकेटले हराएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गरेको थियो।

हेड टु हेड तथ्यांक हेर्दा स्कटल्याण्ड र नेदरल्याण्ड्सबीच हालसम्म १४ ओडीआई खेल भइसकेका छन्। स्कटल्याण्डले ८ खेल जितेको छ भने नेदरल्याण्ड्सले ५ खेलमा विजयी हासिल गरेको छ। १ खेल नतिजाविहीन भएको छ। विश्वप लिग २ को अंक तालिकाको स्थिति हेर्दा नेदरल्याण्ड्स २१ खेलमा २६ अंकसहित दोस्रो स्थानमा। स्कटल्याण्ड १७ खेलमा २० अंकसहित चौथो स्थानमा। नेपाल १४ खेलमा १० अंकसहित सातौं स्थानमा रहेको छ ।

नेपालले पछिल्ला दुई खेलमा लगातार जित हासिल गर्दै सुधारको संकेत देखाएको छ । आजको खेल दुवै टोलिका लागि मनोवैज्ञानिक र अंकगत दृष्टिकोणले निकै महत्त्वपूर्ण हुनेछ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शुक्रबार  १० : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट