२९ पुस २०८२, मंगलबार । January 13, 2026

विश्वकप लिग–२ः स्कटल्याण्ड र नेदरल्याण्ड्स भिड्दै



काठमाडौं । आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा आयोजक स्कटल्याण्ड र नेदरल्याण्ड्स आमनेसामने हुँदैछन्।

यो प्रतिस्पर्धा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। दुवै टोली नेपालसँग पराजित हुँदै सिरिजको पहिलो खेलमा हार बेहोरेका छन् र आज जित निकाल्दै पुनरागमन गर्ने प्रयासमा छन्। नेपालले स्कटल्याण्डलाई पहिलो खेलमा रोमाञ्चक एक विकेटले हराएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गरेको थियो।

हेड टु हेड तथ्यांक हेर्दा स्कटल्याण्ड र नेदरल्याण्ड्सबीच हालसम्म १४ ओडीआई खेल भइसकेका छन्। स्कटल्याण्डले ८ खेल जितेको छ भने नेदरल्याण्ड्सले ५ खेलमा विजयी हासिल गरेको छ। १ खेल नतिजाविहीन भएको छ। विश्वप लिग २ को अंक तालिकाको स्थिति हेर्दा नेदरल्याण्ड्स २१ खेलमा २६ अंकसहित दोस्रो स्थानमा। स्कटल्याण्ड १७ खेलमा २० अंकसहित चौथो स्थानमा। नेपाल १४ खेलमा १० अंकसहित सातौं स्थानमा रहेको छ ।

नेपालले पछिल्ला दुई खेलमा लगातार जित हासिल गर्दै सुधारको संकेत देखाएको छ । आजको खेल दुवै टोलिका लागि मनोवैज्ञानिक र अंकगत दृष्टिकोणले निकै महत्त्वपूर्ण हुनेछ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शुक्रबार  १० : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले