२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

जोर्डन र उज्बेकिस्तान पहिलो पटक फिफा विश्वकपमा छनोट


२३ जेष्ठ २०८२, शुक्रबार  

60
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ ले दुई नयाँ टोलीको स्वागत गर्नेछ। जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्व फुटबलको सबैभन्दा ठुलो मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर पाएका छन्।

जोर्डनले ओमानलाई मस्कटमा ३–० को सानदार जित दिएर आफ्नो सम्भावना बलियो बनायो। खेलका नायक बने अली ओलवान, जसले ह्याट्रिक गर्दै टोलीलाई अग्रता दिलाए। तर, अन्तिम निर्णय दक्षिण कोरिया र इराकबीचको खेलले गर्‍यो। दक्षिण कोरियाले इराकलाई २–० ले हराएपछि जोर्डनको विश्वकप यात्रा तय भयो।

यसैसँग दक्षिण कोरियाले पनि लगातार ११औं पटक विश्वकपमा स्थान सुरक्षित गर्‍यो, जसले उनीहरूको निरन्तर प्रदर्शनलाई पुष्टि गर्छ। दोस्रो ऐतिहासिक क्षण उज्बेकिस्तानको रह्यो। अबुधाबीमा युएईसँग ०–० को बराबरी खेलेर उज्बेकिस्तानले पनि विश्वकपको यात्रा तय गर्‍यो। सन् १९९१ मा सोभियत संघबाट स्वतन्त्र भएको देशका लागि यो पहिलो विश्वकप यात्रा हो, जसले देशकै फुटबल इतिहासमा नयाँ अध्याय थपेको छ।

अब जोर्डन र उज्बेकिस्तान दुबै टोली सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा हुन गइरहेको फिफा विश्वकपमा पहिलोपटक सहभागी हुनेछन्।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  १० : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ