२९ पुस २०८२, मंगलबार । January 13, 2026

आजको मौसमः यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । देशको हालको मौसम अवस्थाबारे मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार, अहिले पश्चिमी तथा स्थानीय वायुको प्रभाव पश्चिम र मध्य क्षेत्रहरूमा देखिएको छ भने कोशी प्रदेशका धेरैजसो भूभागमा मनसुनी वायुले प्रभाव जमाएको छ।

यस प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेश र देशका अन्य पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका केही स्थान र अन्य पहाडी क्षेत्रका थोरै ठाउँहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हल्का वर्षासहित हिमपात हुन सक्नेछ। कोशी प्रदेशका थोरै स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना। उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हिमपात हुने सम्भावना कायमै।

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातका सम्भावनाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सबैलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शुक्रबार  १० : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले