२३ बैशाख २०८३, बुधबार । May 6, 2026

आजको मौसमः यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना


२४ जेष्ठ २०८२, शुक्रबार  

57
Shares

काठमाडौं । देशको हालको मौसम अवस्थाबारे मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार, अहिले पश्चिमी तथा स्थानीय वायुको प्रभाव पश्चिम र मध्य क्षेत्रहरूमा देखिएको छ भने कोशी प्रदेशका धेरैजसो भूभागमा मनसुनी वायुले प्रभाव जमाएको छ।

यस प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेश र देशका अन्य पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका केही स्थान र अन्य पहाडी क्षेत्रका थोरै ठाउँहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हल्का वर्षासहित हिमपात हुन सक्नेछ। कोशी प्रदेशका थोरै स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना। उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हिमपात हुने सम्भावना कायमै।

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातका सम्भावनाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सबैलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शुक्रबार  १० : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट