२८ पुस २०८२, सोमबार । January 13, 2026

गाजामा २ सय पत्रकारको हत्याः इएफजेको कडा निन्दा



एजेन्सी । युरोपेली पत्रकार महासङ्घ (EFJ) ले गाजामा इजरायली आक्रमणका क्रममा पत्रकारहरूमाथि भएको आक्रमणलाई ‘अकल्पनीय नरसंहार’ भन्दै कडा शब्दमा निन्दा गरेको छ।

सन् २०२३ को अक्टोबरयता गाजामा २०० भन्दा बढी पत्रकार तथा मिडियाकर्मीको हत्या भएको तथ्य सार्वजनिक गर्दै EFJ ले इजरायली आक्रमणलाई प्रेस स्वतन्त्रता र मानव अधिकारमाथिको गम्भीर हमला भनेको छ। बुडापेस्टमा सम्पन्न दुईदिने बैठकपछिको बुधबार सार्वजनिक संयुक्त विज्ञप्तिमा इएफजेले ४७ युरोपेली मुलुकका १२० सदस्यहरूको सहमतिमा गाजामा भइरहेको हिंसात्मक कारबाहीको विरोध गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “इजरायली सेनाले युद्ध अपराधका प्रमाण सङ्कलन गरिरहेका पत्रकारहरूलाई चुप गराउन मिडिया नियन्त्रण गर्ने प्रयास गरिरहेको छ।” संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संस्थाहरूले समेत यस कारबाहीलाई नरसंहारका रूपमा व्याख्या गरिरहेका छन्। इएफजेले पत्रकारहरूको निष्पक्ष रिपोर्टिङको अधिकारमाथि भएको हमलाको विरोध गर्दै पीडित प्यालेस्टिनी पत्रकारहरूप्रति ऐक्यबद्धता जनाएको छ।

महासंघले युरोपेली मिडियाकर्मीहरूलाई आफ्नो प्यालेस्टिनी सहकर्मीप्रति समर्थन जनाउँदै विभिन्न प्रतीकात्मक गतिविधिहरू सञ्चालन गर्न आह्वान गरेको छ। बैठकमा इयू निर्देशक समितिलाई विशेष जिम्मेवारी दिँदै, प्यालेस्टिनी पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न र मध्यपूर्वमा सूचना स्वतन्त्रताको प्रत्याभूति गर्न तत्काल कदम चाल्न आग्रह गरिएको छ।

इएफजेले युद्धविरामको आह्वान गर्दै गाजामा अन्तर्राष्ट्रिय मिडियाको स्वतन्त्र पहुँच सुनिश्चित गर्न, नागरिक र पत्रकारमाथिको हिंसा रोक्न तथा जिम्मेवार पक्षलाई कानुनी दायरामा ल्याउन जोड दिएको छ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, बिहिबार  ९ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले