५ असार २०८३, शुक्रबार । June 19, 2026

आजको मौसमः देशका विभिन्न भूभागमा बर्षा, सतर्क रहन आग्रह


२२ जेष्ठ २०८२, बिहिबार  

75
Shares

काठमाडौं । हाल देशको पश्चिमी तथा मध्य भूभागमा पश्चिमी र स्थानीय वायु सक्रिय रहेको छ भने कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव देखिएको छ।

यसै कारणले गर्दा देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका विभिन्न प्रदेशका एक–दुई स्थानहरूमा अहिले चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी प्राप्त भएको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी लगायत पहाडी भेगहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भूभागहरूमा मौसम मुख्यतः सफा वा आंशिक बदली रहने अनुमान गरिएको छ।

कोशी प्रदेशका केही स्थानहरू, मधेस र बागमतीका पहाडी भागहरू तथा अन्य क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का वर्षासहित हिमपात पनि हुनसक्ने सम्भावना छ।

कोशी प्रदेशका थोरै स्थानहरूमा, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा पनि हिमपातको संकेत दिइएको छ।

कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा सम्भावित वर्षा तथा हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले मौसम विभागले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ९ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा