३० चैत्र २०८२, सोमबार । April 14, 2026

पूर्वीय दर्शन र आधुनिक सीप समेट्दै चन्द्रागिरीमा ३५ करोड लगानीमा एसभीएएन स्कुलको शिलान्यास


२२ जेष्ठ २०८२, बुधबार  

87
Shares

काठमाडौँ। समृद्ध पूर्वीय जीवनदर्शन र आधुनिक २१औं शताब्दीका सीप समेट्ने उद्देश्यका साथ चन्द्रागिरी नगरपालिका वडा नम्बर ७, महांकाल ब्याडमिन्टनस्थित एसभीएएन स्कुलको आज बिहान औपचारिक शिलान्यास गरिएको छ।

नगरप्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न शिलान्यास कार्यक्रममा शिक्षा, समाजसेवा र सामुदायिक क्षेत्रका विभिन्न विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल (एनप्याब्सन) की अध्यक्ष गीता क्षेत्री राणा, स्यान कलेजका अध्यक्ष डा. सुभाष घिमिरे, आईएनजी ग्रुपका अध्यक्ष सुलभ बुढाथोकी, महांकाल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निराजन महत, महांकाल ब्याडमिन्टन हलका अध्यक्ष श्रीहरि थापा, साथै समाजसेवी सूर्य अधिकारी, परशमणि दाहाल र कुमार भट्टराईलगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा एसभीएएन स्कुलका कार्यकारी निर्देशक कर्णबहादुर शाहीले विद्यालयको विशेषता र भविष्यका योजनाहरू सार्वजनिक गर्दै, यस शैक्षिक परियोजना नेपाली शिक्षा क्षेत्रमा परिवर्तनको संकेत भएको बताए। “शान्त, हरियाली र प्रदूषणरहित वातावरणमा निर्माण हुने यस विद्यालयले विद्यार्थीहरूको नैतिक, बौद्धिक र सिर्जनात्मक विकासमा विशेष ध्यान दिनेछ,” शाहीले बताए।

उनका अनुसार, विद्यालयको मुख्य भवन विद्यालयकै आफ्नै १० रोपनी जग्गामा निर्माण हुनेछ, जसको संरचना करिब ७४ हजार वर्गफिटमा फैलिनेछ भने विद्यालय करिब ३०० रोपनी क्षेत्रफलमा विस्तार हुनेछ, जसमा खेल मैदान, विज्ञान प्रयोगशाला, पुस्तकालय, सिर्जनात्मक कला केन्द्र र अत्याधुनिक डिजिटल कक्षा कोठाहरू समावेश हुनेछन्।

शाहीका अनुसार विद्यालयको प्रारम्भिक योजना अन्तर्गत एक वर्षभित्रै कक्षा १ देखि १० सम्मको पठनपाठन सञ्चालन गरिनेछ। आगामी चरणमा कक्षा ११ र १२ मा अन्तर्राष्ट्रियस्तरका पाठ्यक्रमहरू- जस्तै ए–लेभल, इन्टरनेसनल ब्याकलरिएट (आईबी) र फिनिस पाठ्यक्रम – समावेश गरेर विद्यार्थीहरूलाई उच्च गुणस्तरीय र विश्वस्तरीय शिक्षा प्रदान गर्ने योजना रहेको छ।

“विद्यार्थीहरूलाई ज्ञान मात्र होइन, जीवन उपयोगी सीप, नेतृत्व क्षमता र नवप्रवर्तनमा आधारित शिक्षाबाट सक्षम बनाउने हाम्रो लक्ष्य हो,” शाहीले बताए। विद्यालयको निर्माणमा करिब ३५ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ। कार्यक्रममा सहभागी विशिष्ट अतिथिहरूले एसभीएएन स्कुलले भविष्यमा नेपाली शिक्षा प्रणालीमा नवीनतम उदाहरण प्रस्तुत गर्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिएका थिए।

स्थानीय समाजसेवी, अभिभावक, शिक्षक, सञ्चारकर्मी तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको सो कार्यक्रममा विद्यालयप्रतिको सकारात्मक र सशक्त समर्थन देखिएको थियो।

निर्देशक शाहीले एसभीएएन स्कुललाई केवल स्थानीय शैक्षिक संस्थान नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्य रहेको स्पष्ट पारे। “अभिभावकहरूले जुन स्तरको लगानी गर्नुहुन्छ, त्यसको प्रतिफलस्वरूप गुणस्तरीय, सन्तुलित र व्यवहारिक शिक्षा प्रदान गर्नु हाम्रो प्रमुख जिम्मेवारी हुनेछ,” उनले भने।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बुधबार  ४ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व