२९ पुस २०८२, मंगलबार । January 13, 2026

विश्वकप लिग-२ः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेदरल्यान्ड्स



काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज दोस्रो खेल खेल्दैछ।

स्कटल्यान्डको डन्डीमा हुने यो खेल नेपाली समय अनुसार आज बुधबार दिउँसो ३:४५ बजे सुरु हुनेछ। नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपालले आजको खेलका लागि प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ। पहिलो खेलमा स्कटल्यान्डविरुद्ध खेलाएका तीव्र गतिका बलर रिजन ढकालको स्थानमा स्पिनर ललितनारायण राजवंशीलाई मौका दिइएको छ।

नेपालको आजको प्लेइङ-११:
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, रोहितकुमार पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी।

नेपालले यसअघि सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई एक विकेटले हराउँदै रोमाञ्चक जित हात पारेको थियो। एकदिवसीय क्रिकेटमा नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ। तीमध्ये नेदरल्यान्ड्सले तीन खेल जितेको छ भने नेपालले दुई खेलमा जित दर्ता गरेको छ।

नेपाल आजको खेलमा जित निकाल्दै सिरिजमा बलियो स्थितिमा पुग्ने लक्ष्यमा हुनेछ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बुधबार  ३ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले