३० चैत्र २०८२, सोमबार । April 13, 2026

विश्वकप लिग-२ः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेदरल्यान्ड्स


२२ जेष्ठ २०८२, बुधबार  

18
Shares

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज दोस्रो खेल खेल्दैछ।

स्कटल्यान्डको डन्डीमा हुने यो खेल नेपाली समय अनुसार आज बुधबार दिउँसो ३:४५ बजे सुरु हुनेछ। नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपालले आजको खेलका लागि प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ। पहिलो खेलमा स्कटल्यान्डविरुद्ध खेलाएका तीव्र गतिका बलर रिजन ढकालको स्थानमा स्पिनर ललितनारायण राजवंशीलाई मौका दिइएको छ।

नेपालको आजको प्लेइङ-११:
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, रोहितकुमार पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी।

नेपालले यसअघि सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई एक विकेटले हराउँदै रोमाञ्चक जित हात पारेको थियो। एकदिवसीय क्रिकेटमा नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ। तीमध्ये नेदरल्यान्ड्सले तीन खेल जितेको छ भने नेपालले दुई खेलमा जित दर्ता गरेको छ।

नेपाल आजको खेलमा जित निकाल्दै सिरिजमा बलियो स्थितिमा पुग्ने लक्ष्यमा हुनेछ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बुधबार  ३ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व