५ कार्तिक २०८३, बिहिबार । October 22, 2026

विश्वकप लिग २: आज नेदरल्यान्ड्ससँग भिड्दै नेपाल


२१ जेष्ठ २०८२, बुधबार  

39
Shares

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।

त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुने तय गरिएको छ। नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्ड सम्मिलित यस त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा स्कटल्यान्डलाई हराउँदै सशक्त सुरुआत गरेको थियो। विजयी शुरुवातले नेपाली टोलीको मनोबल उच्च बनाएको छ, जसको फाइदा टोलीले आजको खेलमा लिन सक्ने विश्वास गरिएको छ।

शृङ्खला १२ जुनसम्म चल्नेछ र तीनवटै टोलीले एक–अर्काविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) खेल खेल्नेछन्। नेपालले आजको खेलपछि ८ जुनमा पुनः स्कटल्यान्ड र १० जुनमा नेदरल्यान्ड्सविरुद्ध दोस्रो खेल खेल्ने तालिका रहेको छ। हाल लिग २ को अंक तालिकामा नेपाल सातौँ स्थानमा रहेको छ। अहिलेसम्म १३ खेल खेलेको नेपालले ३ खेलमा मात्र जित निकालेको छ भने २ खेल वर्षाका कारण रद्ध भएका थिए।

यता, लिगको शीर्ष स्थानमा अमेरिका (२० खेलमा १४ जित) रहेको छ। नेदरल्यान्ड्स दोस्रो, ओमान तेस्रो, स्कटल्यान्ड चौथो, क्यानडा पाँचौँ, नामिबिया छैटौँ स्थानमा छन् भने यूएई नेपालसँगै सातौँ स्थानमा छ।

नेपाल र नेदरल्यान्ड्सबीचको प्रतिस्पर्धा पछिल्लो पटक फेब्रुअरी २०२४ मा त्रिवि क्रिकेट मैदानमा भएको थियो, जहाँ दुबै टोलीले एक–एक खेल जितेर बराबरी गरेका थिए। आजको खेल त्यसको ‘डिसाइडर’ जस्तो बन्ने देखिएको छ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार  ९ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि