३१ आश्विन २०८३, शनिबार । October 17, 2026

पञ्जाबलाई हराउँदै बेंगलुरुले पहिलोपटक जित्यो आईपीएलको उपाधि


२१ जेष्ठ २०८२, बुधबार  

51
Shares

काठमाडौं । १८ वर्ष लामो प्रतीक्षा सकिँदै रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि हात पारेको छ।

मंगलबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा बेंगलुरुले पञ्जाब किङ्सलाई ६ रनले पराजित गर्दै इतिहास रच्यो। १९१ रनको चुनौती पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा आवश्यक २९ रनको लक्ष्य निकट लागेपनि पूरा हुन सकेन।

शशांक सिंहले आक्रामक खेल प्रदर्शन गर्दै ३० बलमा अविजित ६१ रन बनाए जसमा ३ छक्का र १ चौका समावेश थियो, तर उनको प्रयास नपुगिरहेको सावित भयो। बेंगलुरुका बलरहरु निर्णायक साबित भए। भुवनेश्वर कुमार र क्रुणाल पान्ड्याले २-२ विकेट लिए भने जोश हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले १-१ विकेट हात पारे।

त्यसअघि टस गुमाएर पहिले ब्याटिङमा उत्रिएको बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। विराट कोहलीले सर्वाधिक ४३ रन बनाए भने कप्तान रजत पाटिदारले २६ रनको योगदान दिए। लियाम लिभिङस्टोन (२५), मयंक अग्रवाल र जितेश शर्मा (२४-२४ रन) ले पनि टोलीको स्कोर सशक्त बनाउन मद्दत गरे।

पञ्जाबका लागि अर्शदीप सिंह र काइल जेमिसन प्रभावशाली देखिए। दुवैले ३-३ विकेट लिए, भने अजमतुल्लाह ओमरजाइ, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १-१ विकेट झारे।

बेंगलुरु यसअघि तीनपटक (२००९, २०११ र २०१६) फाइनलमा पुगेपनि उपाधि जित्न चुकेको थियो। तर यसपटक टोलीले पुरानो हारको पुनरावृत्ति हुन दिएन र आफ्नो समर्थकहरूको लामो पर्खाइ समाप्त गर्‍यो।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार  ९ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि