३० चैत्र २०८२, सोमबार । April 13, 2026

आईपीएल फाइनलः इतिहास रच्ने रात ! बेंगलुरु र पञ्जाब आमनेसामने


२१ जेष्ठ २०८२, मंगलबार  

33
Shares

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को बहुप्रतीक्षित फाइनल खेल मंगलबार हुँदैछ।

नरेन्द्र मोदी स्टेडियम, अहमदाबादमा उपाधिका लागि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र पञ्जाब किङ्स भिड्दै छन्। दुवै टोलीले आईपीएलको शुरुवाती संस्करणदेखि सहभागिता जनाउँदै आएपनि अहिलेसम्म उपाधि जित्न सकेका छैनन्। अब भने इतिहास रच्ने सुनौलो मौका उनीहरूलाई प्राप्त भएको छ।

बेंगलुरु चौथो प्रयासमा सफल होला ?
बेंगलुरुले यसअघि सन् २००९, २०११ र २०१६ मा तीन पटक फाइनल खेलेपनि हरेक पटक पराजय बेहोरेको थियो। विराट कोहलीका लागि यो खेल भावनात्मक छ, किनभने समर्थकहरू उनलाई पहिलो पटक आईपीएल विजेता देख्न लालायित छन्। यस पटक आरसीबीले पहिलो क्वालिफायरमा पञ्जाबलाई हराएर सिधै फाइनल यात्रा तय गर्‍यो। लिग चरणमा दोस्रो स्थानमा रहँदै प्लेअफसम्म पुग्दा बेंगलुरुले आफ्ना कमजोरी सुधारेको देखियो।

पञ्जाबको दोस्रो फाइनल, बदला लिने मौका
पञ्जाब किङ्सले सन् २०१४ मा पहिलो पटक फाइनल खेल्दा कोलकातासँग हार बेहोरेको थियो। यसपटक कप्तान श्रेयस अय्यर र प्रशिक्षक रिकी पोन्टिङको नेतृत्वमा टिमले नयाँ जोशका साथ उपाधिको सपना देखेको छ। दोस्रो क्वालिफायरमा मुम्बईलाई हराउँदै फाइनलमा प्रवेश गरेको पञ्जाबले पहिलो क्वालिफायरमा बेंगलुरुसँगको हारको बदला लिने तयारीमा छ।

हेड टु हेडको अवस्था
आईपीएल इतिहासमा यी दुई टोली ३६ पटक भिडेका छन्, जसमा दुवैले १८/१८ खेल जितेका छन्। पछिल्ला ६ खेलमध्ये ५ खेल बेंगलुरुले जितेको छ भने पञ्जाबले १ जित निकालेको छ। यस सिजन लिग चरणमा एक खेल पञ्जाबले र दुई खेल बेंगलुरुले जितेका छन्।

यसकारण पनि यी दुई टोली बिचको आईपीएल फाइनल खेल निकै रोमाञ्चक हुने देखिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, मंगलबार  ९ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व