२९ पुस २०८२, मंगलबार । January 14, 2026

करण केसीको चमत्कार! नेपालले जित्यो अन्तिम बलमा रोमाञ्चक खेल



काठमाडौं । नेपाली क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डविरुद्ध ऐतिहासिक जित दर्ता गरेको छ।

नवौं नम्बरमा ब्याटिङ गर्दै करण केसीले आफ्नो ओडीआई करियरको पहिलो अर्धशतक पूरा गरेपछि नेपालले रोमाञ्चक रुपमा घरेलु टोली स्कटल्याण्डलाई १ विकेटले पराजित गरेको हो। २९७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा नेपालले अन्तिम बलसम्म संघर्ष गर्दै ९ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। करणले ४१ बलमा ३ चौका र ४ छक्कासहित अविजित ६५ रन बनाएर टोलीलाई जितको किनारमा पुर्‍याए। उनी ‘म्यान अफ द म्याच’ घोषित भए।

यससँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य सफलतापूर्वक पछ्याउने कीर्तिमान कायम गर्‍यो। यसअघि क्यानडाविरुद्ध २८७ रनको लक्ष्य पछ्याउँदा बनाएको कीर्तिमान अब इतिहास बनिसकेको छ। नेपालले एकबेला १९२ रनमै ७ विकेट गुमाइसकेको अवस्था थियो। त्यहाँबाट करण केसी र गुल्सन झाले आठौं विकेटका लागि ६० रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई पुनः लयमा फर्काए। गुल्सनले ३० बलमा ३ चौका र ३ छक्का सहित ४२ रनको योगदान दिए।

खेलको अन्तिम ६ ओभरमा नेपाललाई ६८ रन आवश्यक थियो। गुल्सनले ४५औं ओभरमा दुई छक्का प्रहार गर्दै १६ रन बटुले, तर उनी आउट भएपछि दबाब अझ बढेको थियो। ४८औं ओभरमा करणले एक छक्का सहित १३ रन जोड्दै सन्दीपसँग मिलेर आशा जगाए। त्यसपछि ४९औं ओभरमा १ छक्का र २ चौका प्रहार गर्दै करणले १८ रन जोडेपछि अन्तिम ओभरमा नेपाललाई ७ रन चाहिएको थियो।

अन्तिम ओभरको पहिलो बलमा सन्दीप लामिछाने आउट भए पनि, रिजन ढकालले करणलाई स्ट्राइक दिन सफल भए। करणले लगातार दुई बलमा दुई-दुई रन बटुल्दा अन्तिम बलमा १ रन आवश्यक थियो। बल लेग साइडमा गएर वाइड दिइएपछि नेपालले बाइ रनसहित जित हासिल गर्‍यो। त्यसअघि नेपालका लागि कुशल भुर्तेलले ५३ रन बनाए। भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७ र गुल्शन झाले ४२ रनको योगदान गरे।

बलिङतर्फ नेपालका करण केसी, सोमपाल कामी र रिजन ढकालले २-२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए। पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनाएको थियो। ओपनर चार्ली टियरले ८० रन, फिनले म्याकरिथले ५५, कप्तान रिची बेरिङटनले ४० र म्याथ्यु क्रसले ३९ रन बनाएका थिए।

जितसँगै नेपालले १३ खेलबाट ८ अंक जोड्दै लिगको अंकतालिकामा सातौं स्थानमा उक्लिएको छ, जबकि स्कटल्याण्ड १७ खेलबाट २० अंकका साथ चौथो स्थानमा कायम छ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, मंगलबार  ९ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले