३० चैत्र २०८२, सोमबार । April 13, 2026

करण केसीको चमत्कार! नेपालले जित्यो अन्तिम बलमा रोमाञ्चक खेल


२१ जेष्ठ २०८२, मंगलबार  

69
Shares

काठमाडौं । नेपाली क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डविरुद्ध ऐतिहासिक जित दर्ता गरेको छ।

नवौं नम्बरमा ब्याटिङ गर्दै करण केसीले आफ्नो ओडीआई करियरको पहिलो अर्धशतक पूरा गरेपछि नेपालले रोमाञ्चक रुपमा घरेलु टोली स्कटल्याण्डलाई १ विकेटले पराजित गरेको हो। २९७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा नेपालले अन्तिम बलसम्म संघर्ष गर्दै ९ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। करणले ४१ बलमा ३ चौका र ४ छक्कासहित अविजित ६५ रन बनाएर टोलीलाई जितको किनारमा पुर्‍याए। उनी ‘म्यान अफ द म्याच’ घोषित भए।

यससँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य सफलतापूर्वक पछ्याउने कीर्तिमान कायम गर्‍यो। यसअघि क्यानडाविरुद्ध २८७ रनको लक्ष्य पछ्याउँदा बनाएको कीर्तिमान अब इतिहास बनिसकेको छ। नेपालले एकबेला १९२ रनमै ७ विकेट गुमाइसकेको अवस्था थियो। त्यहाँबाट करण केसी र गुल्सन झाले आठौं विकेटका लागि ६० रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई पुनः लयमा फर्काए। गुल्सनले ३० बलमा ३ चौका र ३ छक्का सहित ४२ रनको योगदान दिए।

खेलको अन्तिम ६ ओभरमा नेपाललाई ६८ रन आवश्यक थियो। गुल्सनले ४५औं ओभरमा दुई छक्का प्रहार गर्दै १६ रन बटुले, तर उनी आउट भएपछि दबाब अझ बढेको थियो। ४८औं ओभरमा करणले एक छक्का सहित १३ रन जोड्दै सन्दीपसँग मिलेर आशा जगाए। त्यसपछि ४९औं ओभरमा १ छक्का र २ चौका प्रहार गर्दै करणले १८ रन जोडेपछि अन्तिम ओभरमा नेपाललाई ७ रन चाहिएको थियो।

अन्तिम ओभरको पहिलो बलमा सन्दीप लामिछाने आउट भए पनि, रिजन ढकालले करणलाई स्ट्राइक दिन सफल भए। करणले लगातार दुई बलमा दुई-दुई रन बटुल्दा अन्तिम बलमा १ रन आवश्यक थियो। बल लेग साइडमा गएर वाइड दिइएपछि नेपालले बाइ रनसहित जित हासिल गर्‍यो। त्यसअघि नेपालका लागि कुशल भुर्तेलले ५३ रन बनाए। भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७ र गुल्शन झाले ४२ रनको योगदान गरे।

बलिङतर्फ नेपालका करण केसी, सोमपाल कामी र रिजन ढकालले २-२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए। पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनाएको थियो। ओपनर चार्ली टियरले ८० रन, फिनले म्याकरिथले ५५, कप्तान रिची बेरिङटनले ४० र म्याथ्यु क्रसले ३९ रन बनाएका थिए।

जितसँगै नेपालले १३ खेलबाट ८ अंक जोड्दै लिगको अंकतालिकामा सातौं स्थानमा उक्लिएको छ, जबकि स्कटल्याण्ड १७ खेलबाट २० अंकका साथ चौथो स्थानमा कायम छ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, मंगलबार  ९ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व