काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू बीच आज सोमबार अपरान्ह महत्वपूर्ण छलफल हुने भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक तय गरिएको हो।
छलफलको मुख्य एजेन्डा संसद् बैठकमा देखिएको गतिरोध अन्त्य गर्ने उपायहरूमा केन्द्रित रहने जनाइएको छ। लामो समयदेखि संसद् अवरुद्ध भइरहेका कारण विधायन प्रक्रिया प्रभावित भईरहेको सन्दर्भमा यो बैठकलाई अत्यन्तै महत्वपूर्ण मानिएको छ।
राजनीतिक संवादमार्फत समस्या समाधानको प्रयासस्वरूप शीर्ष नेताहरूबीचको यो छलफलले सकारात्मक संकेत दिने अपेक्षा गरिएको छ।







प्रतिक्रिया