२९ पुस २०८२, मंगलबार । January 14, 2026

नेसनल प्याब्सनले गर्‍यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति



काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले झापा र सुनसरी जिल्लामा तदर्थ समिति गठन गरेको छ।

संगठनको हिजाे सम्पन्न बैठकले दुबै जिल्लामा नयाँ नेतृत्वसहितको समिति गठन गर्ने निर्णय गरेको हो। सुनसरीमा गठन गरिएको तदर्थ समितिको संयोजकमा खगेन्द्र के.सी. चयन भएका छन्। समितिका सदस्यहरूमा विदूर वराल, अभिषेक घिमिरे, सुलोचना शाहा, श्रवण कुमार शाहा, रावेन्द्र शर्मा, मनोज शाह, उमेश मेहता र राम कुमार चौधरी रहेका छन्।

त्यस्तै, झापामा धर्म राज माझी संयोजक रहेको तदर्थ समिति गठन गरिएको छ। समितिमा सुवर्ण भट्टराई, धिरज नारायण गणेश, हरि धिमाल, पूजा कट्टेल, प्रवासी चौधरी, लक्ष्मी ढकाल, खेम दाहाल र विमल राजवंशी सदस्यका रूपमा रहेका छन्।

नेसनल प्याब्सनका अनुसार नवगठित तदर्थ समितिहरूले सम्बन्धित जिल्लामा संगठन सुदृढीकरण, विद्यालयहरूको हित संरक्षण, समस्या समाधान तथा संगठनात्मक गतिविधि सञ्चालनमा सक्रिय भूमिका खेल्नेछन्।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  १२ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले