२३ बैशाख २०८३, बुधबार । May 6, 2026

राइड सेयरिङविरुद्धको आन्दोलनः व्यवसायी–सरकारबीच वार्ता समिति गठन गर्ने सहमती


२० जेष्ठ २०८२, सोमबार  

15
Shares

काठमाडौं । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ नियमावली २०८२’ विरुद्ध आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात व्यवसायी र सरकारबीच अन्ततः संवादको वातावरण बनेको छ।

सोमबार गृहमन्त्री रमेश लेखक र आन्दोलनरत व्यवसायी प्रतिनिधिबीच गृह मन्त्रालयमा भएको छलफलपछि समस्याको समाधान खोज्न वार्ता समिति गठन गर्ने सहमति जुटेको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार, सरकार पक्षबाट ७ र व्यवसायी पक्षबाट ४ जनाको सहभागितामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयोजकत्वमा वार्ता टोली बनाइएको छ।

व्यवसायीहरूले राइड सेयरिङ नियमनसम्बन्धी नियमावली खारेजीसहित सातबुँदे माग अघि सारेका छन्। उनीहरूको आरोप छ कि यो नियमावली सवारी ऐन २०४९ र संघीय कानुनसँग बाझिएको छ। स्वाँरले सञ्चारमाध्यमहरूबाट सिण्डिकेटको आरोप लगाइएको भन्दै लगानीकर्ताहरू हतोत्साहित भएको टिप्पणी गरे। उनले दिनभरको वार्ताबाट समाधानको खाका तयार हुने र आन्दोलन फिर्ता गर्न सकारात्मक वातावरण बन्ने विश्वाससमेत व्यक्त गरे।

गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई यात्रु ओसार्ने अनुमति दिने नियम ल्याएपछि सातै प्रदेशमा व्यवसायीहरू विरोधमा उत्रिएका हुन्।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  १२ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट