१४ श्रावण २०८३, बिहिबार । July 30, 2026

सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु


१९ जेष्ठ २०८२, सोमबार  

21
Shares

काठमाडौं । अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका सार्वजनिक यातायात व्यवसायीसँग सरकार वार्तामा बसेको छ।

गृहमन्त्री रमेश लेखकको पहलमा गृह मन्त्रालयमा सरकारी प्रतिनिधि र आन्दोलनरत व्यवसायीबीच संवाद सुरु भएको हो। यसअघि गण्डकी प्रदेश सरकारले पनि व्यवसायीहरूलाई बारम्बार वार्तामा आउन आह्वान गरेको थियो। तर, व्यवसायीहरू उक्त आग्रहलाई अस्वीकार गर्दै वार्ताबाट टाढा रहेका थिए। यातायात व्यवसायीले देशभर आफ्ना सवारीसाधन ग्यारेज र घरमै थन्क्याएका छन्।

आन्दोलनको प्रभाव देशभर देखिएको छ — कतिपय ठाउँमा छिटपुट सवारी चले पनि अधिकांश सार्वजनिक यातायात ठप्प छन्। काठमाडौं उपत्यकामा समेत यातायात सेवा प्रभावित भएको छ।

सरकार र व्यवसायीबीच जारी वार्ताबाट समाधानको मार्ग खुलेला भन्ने आशा गरिएको छ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  १० : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर