२३ बैशाख २०८३, बुधबार । May 6, 2026

कप्तान अय्यरको धुवाँधार प्रदर्शन ! ११ वर्षपछि पञ्जाव आईपीएलको फाइनलमा


२० जेष्ठ २०८२, सोमबार  

51
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाव किङ्सले कप्तान श्रेयस अय्यरको धुवाँधार प्रदर्शनको भरमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै ११ वर्षपछि पहिलो पटक फाइनलमा स्थान सुरक्षित गरेको छ।

आइतबार सम्पन्न दोस्रो क्वालिफायर खेलमा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई पञ्जावले ५ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो। दोस्रो इनिङमा २०४ रनको ठूलो लक्ष्य पछ्याएको पञ्जावले १९ ओभरमै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। कप्तान अय्यरले ४१ बलमा अविजित ८७ रन प्रहार गरे, जसमा ५ चौका र ८ छक्का समावेश थिए।

उनले टोलीलाई संकटको अवस्थामा सम्हाल्दै जितको गोरेटो देखाए। साथमा, नेहाल वधेराले ४८ र जोश इङ्लिसले ३८ रनको उपयोगी योगदान दिए। मुम्बईका बलरमध्ये अश्वनी कुमारले २ विकेट लिँदा, ट्रेन्ट बोल्ट र कप्तान हार्दिक पाण्ड्याले १–१ विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले ६ विकेटको क्षतिमा २०३ रन बनाएको थियो। तिलक वर्मा र सूर्यकुमार यादवले समान ४४–४४ रन बनाए भने नमन धिरले ३७ रन जोडे।

पञ्जावका लागि अजमतुल्लाह ओमरजाइले २ विकेट हात पारे भने काइल जेमिसन, मार्कस स्टोइनिस, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले समान १–१ विकेट लिए। यो जितसँगै सन् २०१४ पछि पहिलो पटक पञ्जाव किङ्स आईपीएलको फाइनलमा प्रवेश गर्न सफल भएको हो। २०१४ मा पनि पञ्जाव फाइनलमा पुगेको थियो तर उपाधि भने कोलकाता नाइट राइडर्ससँग गुमाएको थियो।

अब पञ्जाव उपाधिका लागि मङ्गलबार रोयल च्यालेन्जर्स बेंगलुरुसँग भिड्नेछ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  ९ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट