३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

कप्तान अय्यरको धुवाँधार प्रदर्शन ! ११ वर्षपछि पञ्जाव आईपीएलको फाइनलमा


१९ जेष्ठ २०८२, सोमबार  

51
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाव किङ्सले कप्तान श्रेयस अय्यरको धुवाँधार प्रदर्शनको भरमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै ११ वर्षपछि पहिलो पटक फाइनलमा स्थान सुरक्षित गरेको छ।

आइतबार सम्पन्न दोस्रो क्वालिफायर खेलमा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई पञ्जावले ५ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो। दोस्रो इनिङमा २०४ रनको ठूलो लक्ष्य पछ्याएको पञ्जावले १९ ओभरमै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। कप्तान अय्यरले ४१ बलमा अविजित ८७ रन प्रहार गरे, जसमा ५ चौका र ८ छक्का समावेश थिए।

उनले टोलीलाई संकटको अवस्थामा सम्हाल्दै जितको गोरेटो देखाए। साथमा, नेहाल वधेराले ४८ र जोश इङ्लिसले ३८ रनको उपयोगी योगदान दिए। मुम्बईका बलरमध्ये अश्वनी कुमारले २ विकेट लिँदा, ट्रेन्ट बोल्ट र कप्तान हार्दिक पाण्ड्याले १–१ विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले ६ विकेटको क्षतिमा २०३ रन बनाएको थियो। तिलक वर्मा र सूर्यकुमार यादवले समान ४४–४४ रन बनाए भने नमन धिरले ३७ रन जोडे।

पञ्जावका लागि अजमतुल्लाह ओमरजाइले २ विकेट हात पारे भने काइल जेमिसन, मार्कस स्टोइनिस, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले समान १–१ विकेट लिए। यो जितसँगै सन् २०१४ पछि पहिलो पटक पञ्जाव किङ्स आईपीएलको फाइनलमा प्रवेश गर्न सफल भएको हो। २०१४ मा पनि पञ्जाव फाइनलमा पुगेको थियो तर उपाधि भने कोलकाता नाइट राइडर्ससँग गुमाएको थियो।

अब पञ्जाव उपाधिका लागि मङ्गलबार रोयल च्यालेन्जर्स बेंगलुरुसँग भिड्नेछ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ९ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि