११ जेष्ठ २०८३, सोमबार । May 26, 2026

नेसनल प्याब्सनको प्रशिक्षण कार्यक्रम जेठ १७ मा मोरङमा, २०० बढी सहभागी हुने


१६ जेष्ठ २०८२, शुक्रबार  

6
Shares

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) केन्द्रीय समितिको आयोजनामा तथा जिल्ला समिति, मोरङको समन्वयमा एक दिवसीय संगठनात्मक तथा प्रशिक्षण कार्यक्रम आयोजना हुने भएको छ।

कार्यक्रम जेठ १७ गते शनिबार मोरङको विराटचोकस्थित रोयल पार्टी प्यालेस, सलकपुरमा हुने भएको नेसनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष कुमार भट्टराईले जानकारी दिए। बिहान ८ बजे सुरू हुने कार्यक्रम साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा नेसनल प्याब्सनकी केन्द्रीय अध्यक्ष गीता क्षेत्री राणाको अध्यक्षता रहनेछ।

केन्द्रीय समितिबाट प्राप्त निर्देशनअनुसार कोशी प्रदेशका निजी विद्यालयका संस्थापक, प्रिन्सिपल तथा संयोजकहरू गरेर करिब २०० भन्दा बढीकाे सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रममा संगठनात्मक विषय, व्यवस्थापन, शैक्षिक गुणस्तर अभिवृद्धि तथा अनुभव आदानप्रदानमूलक सत्रहरू सञ्चालन गरिनेछ।

उपाध्यक्ष भट्टराईका अनुसार शिक्षा क्षेत्रमा कार्यरत व्यक्तिहरूबिच आपसी समन्वय, अनुभव साटासाट र संगठनात्मक सुदृढीकरणका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

नेसनल प्याब्सनका पूर्व अध्यक्ष तथा शिक्षा नीति तथा प्रशिक्षण आयोगका प्रमुख कर्णबहादुर शाहीको संयोजनमा हुने प्रशिक्षण कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डा.सुदन झा, आइएनजी ग्रुपका सुलभ बुढाथोकी र कर्णबहादुर शाहीको प्रस्तुति रहने छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली