२९ पुस २०८२, मंगलबार । January 14, 2026

नेसनल प्याब्सनको प्रशिक्षण कार्यक्रम जेठ १७ मा मोरङमा, २०० बढी सहभागी हुने



काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) केन्द्रीय समितिको आयोजनामा तथा जिल्ला समिति, मोरङको समन्वयमा एक दिवसीय संगठनात्मक तथा प्रशिक्षण कार्यक्रम आयोजना हुने भएको छ।

कार्यक्रम जेठ १७ गते शनिबार मोरङको विराटचोकस्थित रोयल पार्टी प्यालेस, सलकपुरमा हुने भएको नेसनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष कुमार भट्टराईले जानकारी दिए। बिहान ८ बजे सुरू हुने कार्यक्रम साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा नेसनल प्याब्सनकी केन्द्रीय अध्यक्ष गीता क्षेत्री राणाको अध्यक्षता रहनेछ।

केन्द्रीय समितिबाट प्राप्त निर्देशनअनुसार कोशी प्रदेशका निजी विद्यालयका संस्थापक, प्रिन्सिपल तथा संयोजकहरू गरेर करिब २०० भन्दा बढीकाे सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रममा संगठनात्मक विषय, व्यवस्थापन, शैक्षिक गुणस्तर अभिवृद्धि तथा अनुभव आदानप्रदानमूलक सत्रहरू सञ्चालन गरिनेछ।

उपाध्यक्ष भट्टराईका अनुसार शिक्षा क्षेत्रमा कार्यरत व्यक्तिहरूबिच आपसी समन्वय, अनुभव साटासाट र संगठनात्मक सुदृढीकरणका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

नेसनल प्याब्सनका पूर्व अध्यक्ष तथा शिक्षा नीति तथा प्रशिक्षण आयोगका प्रमुख कर्णबहादुर शाहीको संयोजनमा हुने प्रशिक्षण कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डा.सुदन झा, आइएनजी ग्रुपका सुलभ बुढाथोकी र कर्णबहादुर शाहीको प्रस्तुति रहने छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शुक्रबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले