२९ पुस २०८२, मंगलबार । January 14, 2026

आजको मौसमः भारी बर्षा र हिमपातको सम्भावना



काठमाडौं । देशमा हाल पश्चिमी वायु, स्थानीय वायू प्रणाली, साथै बंगालको खाडी र अरब सागरबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ।

यिनै मौसमी प्रणालीका कारण देशभरको मौसममा उल्लेखनीय परिवर्तन आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागहरूमा आंशिकदेखि साधारण बदलीको अवस्था रहेको छ, भने अन्य भू-भागहरूमा मौसम मुख्यतया सफा देखिएको छ। हाल कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

अघिल्लो २४ घण्टाको आधारमा आज पनि कोशी, मधेस र गण्डकी प्रदेशसहितका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। कोशी प्रदेशका केही स्थान, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा अन्य क्षेत्रका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना प्रबल देखिएको छ। विशेषगरी कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ, जसका कारण बाढीपहिरोको जोखिम पनि बढ्न सक्छ।

साथै, कोशी र बागमती प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्। यात्रा तथा बाहिरी गतिविधिहरू गर्दा सतर्कता अपनाउन मौसमविद्हरूको सुझाव छ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शुक्रबार  ९ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले