२२ माघ २०८२, बुधबार । February 5, 2026

आजको मौसमः भारी बर्षा र हिमपातको सम्भावना



काठमाडौं । देशमा हाल पश्चिमी वायु, स्थानीय वायू प्रणाली, साथै बंगालको खाडी र अरब सागरबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ।

यिनै मौसमी प्रणालीका कारण देशभरको मौसममा उल्लेखनीय परिवर्तन आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागहरूमा आंशिकदेखि साधारण बदलीको अवस्था रहेको छ, भने अन्य भू-भागहरूमा मौसम मुख्यतया सफा देखिएको छ। हाल कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

अघिल्लो २४ घण्टाको आधारमा आज पनि कोशी, मधेस र गण्डकी प्रदेशसहितका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। कोशी प्रदेशका केही स्थान, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा अन्य क्षेत्रका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना प्रबल देखिएको छ। विशेषगरी कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ, जसका कारण बाढीपहिरोको जोखिम पनि बढ्न सक्छ।

साथै, कोशी र बागमती प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्। यात्रा तथा बाहिरी गतिविधिहरू गर्दा सतर्कता अपनाउन मौसमविद्हरूको सुझाव छ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शुक्रबार  ९ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल