२९ पुस २०८२, मंगलबार । January 14, 2026

आईपीएल २०२५: दमदार प्रदर्शनसहित फाइनलमा पुग्यो रोयल च्यालेन्जर्स बैंगलुरु



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को फाइनलमा रोयल च्यालेन्जर्स बैंगलुरु (RCB) ले स्थान बनाएको छ।

गए राति सम्पन्न क्वालिफायर १ मा पन्जाब किङ्समाथि प्रभावशाली जित हात पार्दै बैंगलुरुले उपाधि नजिकको यात्रा तय गरेको हो। पहिले ब्याटिङ गरेको पन्जाब किङ्स १५औँ ओभरमै १०१ रनमा समेटियो। बलिङमा चम्किएका बैंगलुरुका जोश हेजलउड र सुयस शर्माले ३–३ विकेट लिँदै पन्जाबलाई धराशायी बनाए। यस दयालले २ विकेट लिए भने भुवनेश्वर कुमार र रोमारियो शेफर्डले १–१ विकेट झारे।

पन्जाबका लागि मार्कस स्टोइनिसले सर्वाधिक २६ रन बनाउँदा प्रभसिमरन सिंह र अजमतुल्लाह उमरजाइले समान १८–१८ रन जोडे। तर अन्य ब्याटरले खासै प्रभाव जमाउन सकेनन्। १०२ रनको सजिलो लक्ष्य पछ्याउन मैदान उत्रिएको बैंगलुरुले मात्र १० ओभरमा नै लक्ष्य पूरा गर्‍यो।

ओपनर फिल साल्टले आक्रामक ब्याटिङ गर्दै ५६ रन बनाए। विराट कोहलीले १२, मयंक अग्रवालले १९ र रजत पाटीदारले १५ रनको योगदान गरे। पन्जाबका केएल जेमिसन र मुसीर खनले १–१ विकेट लिए। अब आईपीएलको इलिमिनेटर खेलमा आज मुम्बई इन्डियन्सले गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ।

विजेता टोलीले दोस्रो क्वालिफायरमा पन्जाब किङ्ससँग भिड्नेछ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शुक्रबार  ९ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले