७ कार्तिक २०८३, शनिबार । October 24, 2026

एसईई अब प्रदेश सरकारको जिम्मामा


१५ जेष्ठ २०८२, बिहिबार  

6
Shares

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी आर्थिक वर्षदेखि प्रदेश सरकारले सञ्चालन गर्ने व्यवस्था लागू गर्ने घोषणा गरेको छ।

बिहीबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८२/८३ को बजेटमार्फत एसईई परीक्षा अब प्रदेशबाट सञ्चालन गरिने जानकारी दिए। हालसम्म एसईई राष्ट्रिय परीक्षा बोर्डको व्यवस्थापनमा हुँदै आएको थियो, जसमा प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्मको कार्य बोर्डले सम्हाल्दै आएको थियो। अब प्रदेश सरकारले सम्पूर्ण प्रक्रिया सञ्चालन गर्ने जिम्मेवारी पाउनेछ।

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालमै नियमावली संशोधन गर्दै प्रदेशलाई परीक्षा सञ्चालनको अधिकार दिएको भए पनि पूर्ण कार्यान्वयन हुन सकेको थिएन। सरकारले अब बजेटीय नीतिमार्फत यसलाई कार्यान्वयनमा ल्याउने घोषणा गरेको हो।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ४ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि