काठमाडौं । सरकारले महिलालाई उद्यममा प्रोत्साहित गर्न उद्योग वा कम्पनी दर्ता तथा नवीकरण गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था लागू गर्ने घोषणा गरेको छ।
बिहीबार संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रोजगारी र स्वरोजगारका अवसर वृद्धि गर्ने उद्देश्यले महिला लक्षित उद्यमशीलता कार्यक्रमलाई विस्तार गरिने जानकारी दिए।
सरकारको यो कदमले महिलालाई व्यवसायिक क्षेत्रतर्फ आकर्षित गर्दै आर्थिक सशक्तीकरणमा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ।







प्रतिक्रिया