काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई २ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समावेशी विकास र सामाजिक सुरक्षामा आधारित कार्यक्रम सञ्चालन गरिने बताए।
उनका अनुसार ज्येष्ठ नागरिकहरूको सुरक्षा र स्वास्थ्य उपचारको प्रभावकारी व्यवस्था मिलाइनेछ, जसले सामाजिक न्याय र सम्मानजनक जीवनयापनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया