काठमाडौं । सरकारले अध्ययनसँगै रोजगारीको अवसर उपलब्ध गराउने उद्देश्यले विद्यार्थीहरूलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था मिलाउने घोषणा गरेको छ।
बिहीबार संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालनका लागि आवश्यक वातावरण तयार गरिने बताएका हुन्।
यो कार्यक्रम सरकारको चालू वर्षको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको थियो, जसले विद्यार्थीलाई आर्थिक आत्मनिर्भरता र व्यावसायिक अनुभव प्राप्त गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।







प्रतिक्रिया