२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

संयुक्त जनआन्दोलनमा दरार ! रत्नपार्कको प्रदर्शनमा प्रसाईं पक्ष छैन



नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन समिति ले आज दिउँसो २ बजे रत्नपार्कमा आयोजना गर्न लागेको विरोध कार्यक्रममा दुर्गा प्रसाईं समूह सहभागी नहुने भएको छ।

प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल ले एक विज्ञप्ति जारी गर्दै आजको आन्दोलनमा सहभागी नहुने स्पष्ट पारेको हो। विज्ञप्ति महाअभियानका सचिव प्रेमदीप लिम्बू द्वारा जारी गरिएको हो, जसमा राप्रपाको नेतृत्वमा हुने आन्दोलनमा आफूहरू नजाने उल्लेख गरिएको छ।

उल्लेखनीय कुरा के छ भने, चैत १४ गते संयुक्त जनआन्दोलन समिति ले दुर्गा प्रसाईंलाई ‘जनकमान्डर’ घोषणा गरेको थियो। तर, त्यसको भोलिपल्ट चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। सो घटनापछि प्रसाईं समूह आन्दोलनबाट टाढिन थालेको बुझिन्छ।

यस घटनाक्रमले आन्दोलनको स्वरूप र उद्देश्यबारे नयाँ बहस जन्माएको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  १ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको