३ आश्विन २०८३, शनिबार । September 20, 2026

संयुक्त जनआन्दोलनमा दरार ! रत्नपार्कको प्रदर्शनमा प्रसाईं पक्ष छैन


१५ जेष्ठ २०८२, बिहिबार  

15
Shares

नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन समिति ले आज दिउँसो २ बजे रत्नपार्कमा आयोजना गर्न लागेको विरोध कार्यक्रममा दुर्गा प्रसाईं समूह सहभागी नहुने भएको छ।

प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल ले एक विज्ञप्ति जारी गर्दै आजको आन्दोलनमा सहभागी नहुने स्पष्ट पारेको हो। विज्ञप्ति महाअभियानका सचिव प्रेमदीप लिम्बू द्वारा जारी गरिएको हो, जसमा राप्रपाको नेतृत्वमा हुने आन्दोलनमा आफूहरू नजाने उल्लेख गरिएको छ।

उल्लेखनीय कुरा के छ भने, चैत १४ गते संयुक्त जनआन्दोलन समिति ले दुर्गा प्रसाईंलाई ‘जनकमान्डर’ घोषणा गरेको थियो। तर, त्यसको भोलिपल्ट चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। सो घटनापछि प्रसाईं समूह आन्दोलनबाट टाढिन थालेको बुझिन्छ।

यस घटनाक्रमले आन्दोलनको स्वरूप र उद्देश्यबारे नयाँ बहस जन्माएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  १ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली