६ असार २०८२, शुक्रबार । June 21, 2025

बिहीबार संघीय सरकारले बजेट ल्याउँदै, यस्तो छ कार्यसूचि



काठमाडौं । संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि आज बजेट सार्वजनिक गर्दैछ।

निर्धारित कार्यक्रमअनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार दिउँसो ३ बजे संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन्। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको नीति तथा कार्यक्रम संसदबाट पारित भइसकेको छ। सोही नीति तथा कार्यक्रमको आधारमा सरकारले आजको दिन बजेट ल्याउन लागेको हो।

संविधान अनुसार हरेक वर्ष जेठ १५ गते संघीय सरकारको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। सोहीअनुसार अर्थमन्त्री पौडेलले आज नयाँ आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्न लागेका हुन्। संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार, आज दिउँसो १ः३० बजे अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नेछन्।

त्यसपछि दिउँसो १ः४५ बजे आर्थिक वर्ष २०८१/८२ को आर्थिक समीक्षात्मक प्रतिवेदन पेस गर्ने र अन्ततः ३ बजे बजेट प्रस्तुत गर्ने कार्यतालिका तय गरिएको छ। आजको संसद बैठकमार्फत मुलुकको आर्थिक दिशानिर्देशन तय हुने भएकाले नागरिक, व्यवसायी तथा राजनीतिक क्षेत्रको ध्यान यसतर्फ केन्द्रित भएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  ६ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालको ब्याटिङ धराशायी ! स्कटल्याण्डसँग सिरिजको अन्तिम खेल गुमायो

काठमाडौं । टि–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले

नेपाललाई स्कटल्याण्डले दियो १ सय ९४ रनको विशाल लक्ष्य

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा

स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत अन्तिम

सुन तोलामा ८ सयले घट्यो, चाँदी कति पुग्यो ?

काठमाडौं । शुक्रबारको कारोबारमा नेपाली बजारमा सुन र चाँदीको मूल्यमा

एक सय दिन पार गर्दै ‘अञ्जिला’ले राख्यो ऐतिहासिक कीर्तिमान

काठमाडौं । गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली