१० माघ २०८२, शुक्रबार । January 23, 2026

राजपुर बम काण्डमा अफताव आलमसहित चार जनालाई उच्च अदालतबाट सफाइ



काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमसहित चार जनालाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएको छ।

बुधबार न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै उनीहरूलाई दोषमुक्त गरेको हो। रजिस्ट्रार दीपक भण्डारीका अनुसार, ‘वरदात पुष्टि हुन नसकेको’ कारण देखाउँदै मोहम्मद अफताव आलम, मोहम्मद महताव आलम, शेख सरोज (शेख सेरोज) र बद्री सहनीलाई सफाइ दिइएको हो।

यसअघि रौतहट जिल्ला अदालतले २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो साँझ राजपुरमा बम विस्फोट गराएको र त्यसपछि घाइतेलाई इँटाभट्टामा जिउँदै जलाएको अभियोगमा उनीहरूलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। २०६४ चैत २७ गते साँझ करिब ६ बजे बम बनाउने क्रममा विस्फोट भएको र त्यसपछिको घटनालाई लुकाउन मृतक र घाइतेलाई ट्रयाक्टरमा हालेर इँटाभट्टामा जलाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख थियो।

यो बहुचर्चित मुद्दामा उच्च अदालतको यो फैसला सार्वजनिक भएपछि विभिन्न तहमा प्रतिक्रिया आउन थालेका छन्।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  ६ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल

बझाङबाट नेकपाको प्रतिनिधिसभा उम्मेदवारमा युवा नेता मीनबहादुर कुवर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते