२९ पुस २०८२, मंगलबार । January 14, 2026

हृदयन्द्रलाई राजा बनाउने ‘बेबी–किङ’ को प्रस्ताव षड्यन्त्रपूर्णः प्रकाश रायमाझी



काठमाडौं । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले ‘बेबी–किङ’ को प्रस्तावित एजेन्डालाई सुनियोजित षड्यन्त्र बताएका छन्।

मंगलबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था फर्कने स्थितिमा ज्ञानेन्द्र शाह स्वीकार्य नभए उनका नाति हृदयन्द्र शाहलाई राजाका रूपमा स्वीकार्न सकिने प्रस्ताव अघि सारेका थिए। विगतमै तुहिइसकेको ‘बेबी–किङ’ को एजेन्डालाई फेरि स्थापित गर्ने थापाको यस्तो प्रस्तावलाई देशी विदेशी षड्यन्त्रको संज्ञा दिएका छन्।

राजसंस्थाका नाममा राजनीतिक लाभ उठाउँदै आएका पात्रहरूले ज्ञानेन्द्रलाई बदनाम देखाएर आफू भने पानी माथिको ओभानो बन्न खोजेको रायमाझीको आरोप छ। हृदयन्द्रलाई राजा बनाएर स्वार्थ सिद्ध गर्ने योजना अनुरूप यस्ता प्रचार चलाइएको हुनसक्ने रायमाझी बताउँछन्।

राजावादी खोल ओढेर कमल थापा लगायतका नेताहरू सत्ताधारी कांग्रेस, एमालेसँग बार्गेनिङका लागि नियोजित रूपमा यस्तो प्रचारबाजीमा लागेको तथा राजसंस्थाप्रतिको जनभावनालाई मेटाउने षड्यन्त्र भइरहेको रायमाझीको आरोप छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले