२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

नेप्से परिसूचकमा हल्का सुधार,०.८५ अंकले वृद्धि


१३ जेष्ठ २०८२, मंगलबार  

15
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार सामान्य अंकले वृद्धि हुँदै हरियालीमै बन्द भएको छ ।

अघिल्लो दिनको तुलनामा ०.०३ प्रतिशतले सकारात्मक हुँदै नेप्से ०.८५ अंकले उक्लिएको हो । यससँगै समग्र परिसूचक २,६७५.६२ विन्दुमा पुगेको छ । यसअघि सोमबार नेप्से ५.२१ अंकले ओरालो लागेर बन्द भएको थियो । मंगलबारको सेयर कारोबारमा ८५ कम्पनीका सेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेका छन् ।

कारोबार विवरणअनुसार कुल ५९,६३३ पटकको लेनदेनमा १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर किनबेच भएका छन्, जसको कुल मूल्य ६ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ पुगेको छ । तर, अघिल्लो दिनको तुलनामा कारोबार रकममा गिरावट आएको देखिएको छ । सोमबार बजारमा ७ अर्ब ५६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

उपसमूहगत परिसूचक विश्लेषण गर्दा, आज वित्त कम्पनी, होटेल तथा पर्यटन, लगानी, जीवन बिमा, लघुवित्त, निर्जीवन बिमा र अन्य समूहको सूचकमा गिरावट आएको छ । जबकि, बैंकिङ, विकास बैंक, जलविद्युत्, उत्पादन तथा प्रशोधन, सामूहिक लगानी कोष तथा व्यापार समूहले हरियाली प्रदर्शन गरेका छन् ।

हालको बजार गतिविधिले लगानीकर्तामा सावधानीपूर्ण आशावाद देखिएको संकेत गर्छ भने उपसमूहगत उतारचढावले बजारको विविधता स्पष्ट पार्दछ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ३ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ