२८ मंसिर २०८२, शनिबार । December 13, 2025

वित्तीय साक्षरतामा केन्द्रित वक्तृत्वकला प्रतियोगिता सम्पन्न, रिलायन्सकी दिपसिका क्षेत्री प्रथम



पोखरा । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्नो १३औं वार्षिक उत्सवको अवसरमा आयोजना गरेको ‘वित्तीय साक्षरताः आजको आवश्यकता’ विषयक वक्तृत्वकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ।

पोखरा महानगरपालिका वडा नम्बर २६ भित्रका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीबिच सम्पन्न प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी दिपसिका क्षेत्री प्रथम भएकी छिन्। अल्फा स्कुलकी रोजिना पुरी दोस्रो तथा सोही स्कुलकै प्रसंसा शर्मा तेस्रो स्थानमा रहे। विजयी विद्यार्थीहरूलाई ग्लोबल आइएमई लघुवित्तका केन्द्रीय नायव कार्यकारी अधिकृत श्रीराम पौडेल तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरीकृष्ण जोशीले पुरस्कार प्रदान गरे।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापा तथा अध्यक्षता संस्था स्वयंले गरेका थिए। प्रतियोगिताको उद्देश्य वित्तीय साक्षरताको महत्वलाई विद्यालयस्तरसम्म पुर्‍याउने रहेको आयोजकले जनाएका छन्।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, सोमबार  ६ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले