२९ पुस २०८२, मंगलबार । January 14, 2026

कांग्रेस पदाधिकारी बैठक आज, भिजिट भिसा प्रकरण मुख्य एजेण्डा



काठमाडौं । नेपाली कांग्रेसले आज बिहान पदाधिकारी बैठक बोलाएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्ने तय भएको हो। बैठकमा क्रियाशील सदस्यता र नवीकरणको प्रगति विवरण महामन्त्री गगन थापाले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। साथै, चालु आर्थिक वर्षको बजेट तथा समसामयिक राजनीतिक विषयहरूमा समेत गहन छलफल हुने जनाइएको छ।

हालै अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराई पक्राउ परेपछि सार्वजनिक भएको भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालयका व्यक्तिहरूको नाम जोडिँदै आएको छ।

यसै घटनासँग जोडिँदै मन्त्री लेखकमाथि राजीनामाको दबाब पार्टीभित्र र बाहिरबाट बढिरहेका बेला बैठकमा यसबारे पनि चर्चा हुने कांग्रेस स्रोतले जनाएको छ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, सोमबार  ७ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले