१ माघ २०८२, बुधबार । January 14, 2026

आईपीएलः पुछारको चेन्नईसँग शीर्ष स्थानको गुजरात टाइटन्स ८३ रनले पराजित



एजेन्सी । आईपीएल २०२५ अन्तर्गत आइतबार सम्पन्न खेलमा शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स पुछारमा रहेको चेन्नई सुपरकिंग्ससँग ८३ रनले पराजित भएको छ।

यस हारले प्लेअफमा प्रवेश गरिसकेको गुजरातको शीर्ष दुईमा स्थान बनाउने सम्भावनालाई चुनौती दिएको छ। पहिले ब्याटिङ गर्दै चेन्नईले ५ विकेट गुमाएर २३० रनको विशाल स्कोर खडा गर्‍यो। डेवान कनवेले ५२ रन र डेवाल्ड ब्रेविसले ५७ रनको योगदान दिए। २३१ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्स १८.३ ओभरमै १४७ रनमा समेटियो।

ओपनर साइ सुदर्शनले ४१ रन बनाए पनि अन्य ब्याटरहरूले खास प्रदर्शन गर्न सकेनन्। टोलीले पाँचौ ओभरमै ३ विकेट गुमाउँदै ३० रनमात्र बनाएको थियो। चेन्नईका लागि नूर अहमद र अन्शुल कम्बोजले प्रभावशाली बलिङ गर्दै समान ३-३ विकेट लिएका थिए।

यो नतिजापछि गुजरात टाइटन्सको १४ खेलबाट १८ अंक कायम छ भने दोस्रो स्थानका दाबेदार पञ्जाब किंग्स र आरसीबीसँग १७–१७ अंक र मुम्बई इन्डियन्ससँग १६ अंक छन्।

लिगको अन्तिम खेलसहित चेन्नईले १४ खेलबाट ८ अंक जोडेको छ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, सोमबार  ७ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले