१ माघ २०८२, बुधबार । January 14, 2026

देशभर बिहानैदेखि बर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना



काठमाडौं । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुले मौसमलाई प्रभावित बनाइरहेका छन्।

साथै, बंगालको खाडी र अरब सागरबाट आउने जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण सोमबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको छ।

महाशाखाको अनुसार, झापाको शनिश्चरे र इलामको बरफल्याङमा एक घन्टामा ५ मिलिमिटर वर्षा मापन गरिएको छ। यस्तै, ललितपुरको टिकाथली, कास्कीको ज्यामिरेबारी, सुर्खेतको रातानांग्ला लगायतका स्थानमा पनि छिटपुट वर्षा भएको छ। कैलालीको धनगढीमा पछिल्लो एक घन्टामा ११.६ मिलिमिटर वर्षा मापन गरिएको छ भने, कञ्चनपुरको दोधारामा १०.२ मिलिमिटर र कृष्णपुरमा ८.६ मिलिमिटर वर्षा भएको छ।

आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशसँगै देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा वा आंशिक बदली रहनेछ। महाशाखाले दिएको जानकारी अनुसार, यी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, सोमबार  ६ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले