१ माघ २०८२, बुधबार । January 14, 2026

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर



मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी मोडमा मंगलबार दिउँसो एक यात्रुवाहक विङ्गर दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

दुर्घटना दिउँसो करिब १ बजे भएको हो। चित्लाङबाट सर्लाहीको लालबन्दीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर ब्रेक फेल भई सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। भाग्यवश, गाडी तल खस्दा सल्लाको रुखमा अड्किएर अझ ठूलो दुर्घटना हुनबाट जोगिएको हो।

प्रहरीका अनुसार दुर्घटनामा गाडीका चालकसहित १४ जना घाइते भएका छन्। तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उद्धार गरी हेटौंडा अस्पतालमा उपचारका लागि लगिएको छ। दुर्घटनाको विस्तृत विवरण र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यात्रुको सुरक्षाका लागि सडक सुरक्षासम्बन्धी सतर्कता आवश्यक रहेको स्थानीयवासीको भनाइ छ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, मंगलबार  ३ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले