१ माघ २०८२, बुधबार । January 14, 2026

दशौं वातावरण साहित्य गोष्ठी आगामी जेठ १७ गते प्रज्ञा प्रतिष्ठानमा हुने, पुस्तक लोकार्पण र पुरस्कार अर्पण गरिने



काठमाडौं । नेपाली पर्या साहित्य प्रतिष्ठानको आयोजनामा तथा साहित्य पोष्टको सह–आयोजनामा “दशौं वातावरण साहित्य गोष्ठी” आगामी जेठ १७ गते प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजना हुने भएको छ।

गोष्ठीमा लेखक विजय हितानद्वारा रचित पर्या कविता ‘मलाई आर्यघाट लगेर नजलाउनु’ को लोकार्पण गरिनेछ। साथै पर्या निबन्ध प्रतियोगितामा सहभागी १०८ निबन्धमध्येबाट छानिएका उत्कृष्ट ३२ निबन्धहरूको संग्रह सार्वजनिक गरिने कार्यक्रम रहेको छ। गोष्ठीमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने निबन्धकारहरूलाई पुरस्कारसहित सम्मान प्रदान गरिनेछ भने बाँकी २९ जना प्रतियोगीलाई पनि सम्मान गरिने आयोजकले जनाएका छन्।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ डा.अभि सुवेदी हुनेछन् भने विशेष अतिथिका रूपमा ज्ञानबहादुर क्षत्री रहनेछन्। गोष्ठीका की-नोट स्पिकर डा.गोविन्दराज भट्टराई रहनेछन्। त्यसैगरी डा. गीता त्रिपाठी र डा. अशोक थापा कार्यक्रमका वक्ता रहनेछन्।

कार्यक्रमको संयोजन विजय हितानले गरेका छन्। आयोजकका अनुसार यो गोष्ठीले वातावरण र साहित्यबिचको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्य राखेको छ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, मंगलबार  १० : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले