२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

थाइल्याण्डविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल


६ जेष्ठ २०८२, मंगलबार  

18
Shares

काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपालले आयोजक थाइल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ।

खेल बैंककको टेर्डथाइ क्रिकेट मैदानमा भइरहेको छ। नेपाली कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ गर्ने रणनीति लिइन्। दुबै टोली यसअघि नै ग्लोबल छनोटमा प्रवेश गरिसकेका छन्, तर आजको खेल एसिया छनोटको शीर्ष स्थानको लागि निर्णायक मानिएको छ। हालसम्म टी–२० अन्तर्राष्ट्रियमा नेपालले थाइल्यान्डविरुद्ध एक पटक पनि जित निकाल्न सकेको छैन। दुई राष्ट्रबीच खेलेका सबै ६ खेलमा थाइल्यान्ड विजयी बनेको छ।

विशेषगरी यो वर्षको फेब्रुअरीमा नेपालमा सम्पन्न त्रिकोणात्मक सिरिजमा थाइल्यान्डले नेपाललाई ४ विकेट, ५ रन र ७ विकेटले पराजित गरेको थियो। आजको भिडन्त नेपालका लागि इतिहास रच्ने अवसर पनि हो। प्रतियोगिताको अंकतालिकामा थाइल्यान्ड ८ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपाल ७ अंकसहित दोस्रो स्थानमा छ। आजको खेलमा विजयी हुने टोली एसिया छनोटको विजेता बन्दै विश्वकप ग्लोबल छनोटमा अगाडि बढ्नेछ।

नेपालले थाइल्यान्डविरुद्धको जितले महिला क्रिकेटको आत्मविश्वासमा ठूलो उचाइ थप्नेछ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ८ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ