२९ पुस २०८२, मंगलबार । January 14, 2026

‘धिम धिम मुटु’: मुटुको स्पन्दनमा लुकेको एक्लोपनको पीडा



काठमाडौं । गीतकार राजन रुमानीको नयाँ भावनात्मक गीत ‘धिम धिम मुटु चल्छ’ सार्वजनिक भएको छ।

एकान्त, पीडा र जीवनको अन्त्यतिरको यथार्थतालाई उजागर गर्ने यस गीतमा गायक नरेन्द्र प्यासीले स्वर र सङ्गीत दिएका छन्। “धिम धिम मुटु चल्छ, श्वास फेर्छु कहिले। हाँसोसँगै आँसु झर्छ, एक्लै पर्छु अहिले।” — यी मार्मिक हरफहरू जीवनको एक्लोपन, अव्यक्त पीडा र बिस्तारै गुड्ने समयको चित्रण हुन्। गीतमा आत्मीयता र संवेदनालाई गहिरो रूपमा अभिव्यक्त गरिएको छ।

भिडिओमा नवीन लम्साल, शारदा अधिकारी र सरोज शाहले मुख्य भूमिका निर्वाह गरेका छन् भने निर्देशन निहाल नरेन सिंहले गरेका छन्। सविन अधिकारी सह–निर्देशकको भूमिकामा छन्। ‘धिम धिम मुटु’ गीत रुमानी क्रियशन नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका गीतकार रुमानी यसअघि ‘कल कल मुया’ जस्ता भावनात्मक गीतमार्फत श्रोतामाझ पहिचान बनाइसकेका छन्।

यो गीतले एकपटक फेरि दर्शक–श्रोतालाई जीवनको गहिरो पक्षसँग जोड्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, मंगलबार  ८ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले