३ आश्विन २०८३, शनिबार । September 20, 2026

प्रतिनिधिसभा बैठकः आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने


६ जेष्ठ २०८२, मंगलबार  

9
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको आजको बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ।

बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने कार्यसूची रहेको छ। प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ अनुसार सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यतालिका संसदको आजको बैठकमा समावेश गरिएको हो। साथै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ बैठकमा प्रस्तुत गर्नेछन्।

संघीय संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार सो प्रतिवेदन प्रस्तुत गर्ने कार्य पनि सम्भावित कार्यसूचीमा समावेश छ। त्यस्तै, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

आजको बैठक विभिन्न महत्वपूर्ण विषयमा छलफल र निर्णयको अपेक्षा गरिएको संसद सचिवालयले जनाएको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ८ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली