२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

आजको मौसमः हावाहुरीसँगै बर्षा र हिमपातको सम्भावना



काठमाडौं । देशको वर्तमान मौसममा पश्चिमी प्रणाली, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको मिश्रित प्रभाव देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। अन्य प्रदेशका केही पहाडी स्थानहरूमा पनि समान प्रकृतिको मौसम देखिने अनुमान गरिएको छ।

साथै, उच्च–पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ। मधेस तथा कोशी प्रदेशका केही तराई क्षेत्रमा हावाहुरी चल्ने संकेतसमेत देखिएको छ। अन्य क्षेत्रमा भने मुख्यतया सफा वा आंशिक बदलीको अवस्था रहने पूर्वानुमान गरिएको छ।

सावधानीका लागि महाशाखाले पहाडी क्षेत्रका बासिन्दालाई आकस्मिक वर्षा र चट्याङप्रति सतर्क रहन सुझाव दिएको छ, विशेष गरी हिमाली क्षेत्रका यात्रुहरूले मौसमको अवस्था हेरेर यात्रा योजना बनाउनुपर्ने आवश्यकता पनि औंल्याइएको छ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, मंगलबार  ८ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको