१० श्रावण २०८३, आइतबार । July 27, 2026

महिला टी–२० विश्वकप छनोटः नेपाल र थाइल्यान्ड भिड्दै


६ जेष्ठ २०८२, मंगलबार  

15
Shares

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट एसियाअन्तर्गतको सुपर थ्री चरणमा आज नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।

यद्यपि दुवै टोलीले यसअघि नै ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेका छन्, आजको खेल आत्मबल परीक्षणको रुपमा हेरिएको छ। नेपालले सोमबार संयुक्त अरब इमिरेट्स (यूएई)लाई पाँच विकेटले हराउँदै सुपर–थ्रीको शीर्ष दुईमा स्थान बनाएको थियो। यही नतिजाका आधारमा नेपालले आगामी ग्लोबल छनोटमा सहभागी हुने अवसर सुनिश्चित गरेको हो।

अब नेपालले यही वर्ष आयोजना हुने महिला टी–२० विश्वकप ग्लोबल छनोट खेल्नेछ, जसमा कुल १० टोली प्रतिस्पर्धा गर्नेछन्। सो प्रतियोगिताबाट शीर्ष चार टोलीले सन् २०२६ मा इंग्ल्यान्डमा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

आजको खेलको नतिजाले छनोट प्रक्रियामा प्रत्यक्ष असर नपारे पनि, टोलीको मनोबल, संयोजन र रणनीतिक अभ्यासको हिसाबले निकै महत्वपूर्ण हुने विश्वास गरिएको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ८ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर