१ माघ २०८२, बुधबार । January 14, 2026

भृकुटीमण्डपमा टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला हुँदै



काठमाडौं । नेपालमा टिभीएसको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला’ आयोजना गर्न लागेको छ ।

यही जेठ ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यो मेलामा अवसरमा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभीएस सवारी घर लैजान सक्नेछन् । मेला सुरु हुनु अगावै, जेठ ६ गतेसम्म नयाँ टिभीएस सवारीको प्रिबुकिङ गर्ने ग्राहकले रू.५,००० बराबरको उपहार प्राप्त गर्नेछन् । यो सीमित अवधिको अफरले इच्छुक ग्राहकलाई अझ लाभदायक बनाउनेछ ।

मेला अवधिभर ग्राहकहरूले पुरानो सवारीको न्यूनतम मूल्याङ्कन रू. ३०,००० सम्मको सुनिश्चित प्राप्त गर्नेछन् । ५० भन्दा बढी रीकन्डिसन हाउसहरूको सहभागितासहित, मेलामा सबैभन्दा उच्च मूल्याङ्कनको विश्वस्तता दिइनेछ । त्यसका साथै, ग्राहकहरूले रू. ८,००० सम्मको नगद छुट, रू. १०,००० रुपैयाँसम्मको थप मूल्याङ्कन पाउनेछन् र शून्य प्रतिशत ब्याजदरमा सवारी किन्ने सुविधा पनि उपलब्ध हुनेछ (नियम तथा सर्त लागु हुने)।

नयाँ सवारी खरिद गर्ने प्रत्येक ग्राहकले हेल्मेट, झोला, बाइक कभर, र रेनकोट निस्शुल्क उपहारस्वरूप प्राप्त गर्नेछन् । मेलामा अफरहरू मात्र होइन, रमाइलो अनुभव पनि सुनिश्चित गरिएको छ । आगन्तुकहरूले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, विभिन्न खेलहरू, एसीहल, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो खानेकुरा र बालबालिकाका लागि विशेष क्षेत्रको मजा लिन सक्नेछन्।

मेलाले सम्पूर्ण परिवारलाई लक्षित गर्दै रमाइलो वातावरण सहित सम्पूर्ण मनोरञ्जन प्रदान गर्नेछ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, सोमबार  ५ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले